भाषिक युद्ध गराउने खेल शुरु भयोः एमाले महासचिव

नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले देशमा भाषिक युद्ध गराउने योजना अनुरुप सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको आरोप लगाएका छन् ।

संशोधन प्रस्तावमा भाषाको कुरा समेत राखेर हिन्दी भाषालाई सरकारी कामकाजको भाषाको अनुसूचीमा राख्ने र नेपालमा भाषिक युद्ध गराउने योजनासहित प्रस्ताव ल्याइएको पोखरेलले बताए ।

संविधान जारी गर्न दिन हुन्न भन्नेहरुले नै संविधान कार्यान्वयनमा समेत बाधा पुर्‍याइरहेको बताउँदै पाख्रेलले संशोधन प्रस्तावमा उल्लेखित बुँदाहरु समेत त्यसैबाट प्रभावित भएको आरोप लगाए ।

प्रेस चौतारी बागलुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोख्रेलले एमाले सिंगो संविधान संशोधनको विपक्षमा नरहेको बताए ।

संविधान गतिशिल दस्तावेज भए पनि अहिले ल्याइएको प्रस्तावले भाषिक युद्ध गराउने र राष्ट्रिय एकता छिन्न भिन्न गराउने पोखरेलको दावी छ ।

संशोधन प्रस्ताव संविधानको खुलेआम उल्लंघन भएको बताउँदै पोख्रेलले राष्ट्रिय हितविपरित र साम्प्रदायिक सदभाव खल्वलाउने गरी ल्याइएको संशोधन प्रस्तावमा आफूहरुले कुनै हालतमा छलफल गर्न नदिने बताए ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer
Disclaimer:Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

Samacharkhabar.com- No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

Powered by Blogger.