बर्षाको काखमा छोरी, बिहे कहिले ?

नायिका बर्षा राउत अहिले आफू खुबै व्यस्त भएको बताउँछिन् । हुनत, ‘जात्रा र छक्का पन्जा’को सफलता सेलिव्रेशनमा पुग्दैमा उनलाई फुर्सद छैन । उनै, नायिका वुधबार ‘छक्का पन्जा’को सेलिव्रेशनमा एक सानी नानीसँग देखिइन् । आखिर, को हुन् त बर्षाको काखमा भएकी सानी नानी ?

तपाइले, चलचित्र ‘छक्का पन्जा’ हेर्नुभएको छ भने, तस्बिरमा देखिएकी सानी नानीलाई पक्कै देख्नुभयो होला । चलचित्रमा उनी बर्षाकी छोरीको भूमिकामा देखिएकी छिन् । पिकनिकमा पनि बर्षा सानी नानीलाई देख्ने वित्तिकै उत्साहित भइन् र तस्बिर खिचाइन् ।

पर्दामा आमा बनिसकेकी राउत रीयल लाइफमा भने कहिले आमा बन्नेछिन् त ? उनले भनिन्-‘अहिले नै बिहे गर्न मन छैन । तर, बच्चाको भने रहर छ । त्यो पनि छोरी ।’

उनलाई छोरी साह्रै मनपर्छ । छोरीले लगाउने लूगा पनि चिटिक्कको हुने उनको भनाई छ । तर, अहिले नै बिहे गरेर फक्रदो करिअरलाई रोक्न चाहन्नन् उनी । बिहे गरेपछि धेरै नायिकाको करिअर रोकिएको उनले पनि देखेकी छिन् । प्रेमी संजोग कोइरालासँग सार्वजनिक कार्यक्रममा पुग्ने राउत अझै धेरै काम गर्न बाँकी छ भन्छिन् ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer
Disclaimer:Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

Samacharkhabar.com- No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

Powered by Blogger.