अमेरिकी पत्रिका फोब्र्सले सन् २०१६ मा सर्वाधिक कमाई गर्ने भारतीय सेलिबि्रटीहरुको सुची जारी गरेको छ । सुचीको अग्रस्थानमा बलिउड नायक सलमान खान छन् ।
सलमानले एक वर्षमा दुई अर्ब ७० करोड ३३ लाख भारतीय रुपैयाँ कमाइ गरेको उक्त पत्रिकाले जनाएको छ । यस हिसाबले सलमानको प्रत्येक घन्टाको कमाई तीन लाख भारु हुन आउँछ । सलमान अभिनित फिल्म सुल्तान २०१६ कै सर्वाधिक सफल चलचित्र मानिएको छ । सन् २०१५ को अन्त्यमा रिलिज भएको प्रेम रतन धन पायोबाट पनि उनले सफलता पाएका थिए ।
अघिल्लो वर्षमा एक नम्बरमा रहेका नायक शाहरुख खान यसपटक दोस्रो स्थानमा झरेका छन् । उनको एक वर्षको कमाई दुई अर्ब २१ करोड ७५ लाख भारतीय रुपैयाँ रहेको छ । यसैगरी तेस्रो स्थानमा क्रिकेट स्टार बिराट कोहली उक्लेका छन् । उनको एक वर्षको आम्दानी एक अर्ब ३४ करोड ४४ लाख भारतीय रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कोहली सातौं नम्बरमा थिए ।
बलिउड अभिनेता आमिर खान टप टेनको सुचीमा यसपटक अटाउन सकेनन् । उनी अघिल्लो वर्ष पाचौं स्थानमा थिए । बलिउड अभिनेत्री पि्रयंका चोपडाको सुचीमा इन्ट्री भएको छ । उनी आठौं स्थानमा छिन् । टप टेनको सुचीमा अक्षय कुमार, महेन्द्र सिंह धोनी, दीपिका पादुकोण, सचिन तेन्दुलकर, अमिताभ बच्चन र ऋतिक रोसनसमेत छन् ।
हरेक घन्टा तीन लाख कमाउँछन् सलमान, शाहरुखलाई उछिने
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer
Disclaimer:Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Samacharkhabar.com- No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Powered by Blogger.
