सधै नै चर्चा र विवादमा रहन्छिन्, गायिका ज्योती मगर । गायनको अतिरिक्त मोडलिङमा समेत सक्रिय ज्योतीलाई अश्लिलता फैलाएको आरोप पटक-पटक लाग्ने गरेको छ । तर उनी यस्तो आरोप पटक्कै स्विकार्दिनन् । बरु आफूलाई ‘बोल्ड वुमन’ भन्न रुचाउँछिन् । प्राय म्युजिक भिडियोमा छोटा र पारदर्शी पोशाकमा प्रस्तुत हुने ज्योतिलाई अनलाइनखबरले लगाएका पाँच आरोपः
१. जवानी देखाएकै भरमा करिअर टिकाउनु भएको छ हैन ?
यो बेकारको आरोप हो । मलाई नबुझ्नेहरुले पहिला पनि यसो भन्थे अहिले पनि भन्छन् । छोटो लुगा लगाउँदैमा जवानी देखिने र लामो लुगा लगाउँदैमा जवानी छोपिने हैन । तपाईले देख्नु भएको होला नि सारीमा पनि महिलाको जवानी छताछुल्ल भएको ।
२. स्टेज कार्यक्रममा भल्गर रुपमा प्रस्तुत हुनुहुन्छ, स्वरका भरमा स्टेजमा अफर पाउनुहुन्न हो ?
स्टेज भनेको कानमा एअरफोन लगाएर गीत गाउने ठाउँ होइन । म जाने कार्यक्रममा आउने दर्शकहरु मलाई सुन्न मात्रै हैनन् हेर्न पनि आएका हुन् भन्नेमा म सचेत छु । जब कोही दर्शक टिकट काटेर मेरो गीत सुन्न र मलाई हेर्न आउँछ भने उसलाई मैले प्रफुल्लित बनाएर पठाउनुपर्छ । जहाँसम्म भल्गरको कुरा छ, नबुझ्नेहरुले मात्रै भनेका हुन् । म भल्गर हैन ग्ल्यामरस हुन्छु । मेरो त्यहि ग्ल्यामर दर्शकले मन पराउने गरेका छन् ।
३. गीतका शब्दमा पटक्कै मिहिनेत गर्नुहुन्न ? केवल ड्रेसअपमा ध्यान दिएर चलिन्छ त ?
म आफैंले गाएका पछिल्ला कतिपय गीत मलाई नै चित्त बुझेको छैन । यो साँचो हो । तर, फेरि म आफैं गीतकार हैन । मलाइ जस्तो गीत दिन्छन् त्यस्तै गाउने हो । अर्को कुरा, खै किन हो कुन्नी मैले गाउने भनेपछि गीतकारले पनि रोमान्टिक गीत नै लेख्छन् ।
४. कला क्षेत्रमा विकृति फैलाउदै हुनुहुन्छ । तपाईंको सिको गरेर अरुले पनि छोटो लाउन थालेका छन् ? तपाइले गर्दा लोकगीतमा विकृती नै आयो नी ?
आम्मामा । यो कुरा त कसरी पत्याउनु । ज्योती मगर यो उद्योगमा आउनु भन्दा पहिला नै, छोटा लुगा लगाउने केटीहरु धेरै थिए काठमाडौंमा । अहिले न्युरोड लगायत स्थानका सपिङ मलमा जानुस् त म भन्दा छोटो लुगा लगाएर हिंड्नेहरु कति छन् कति । यो चाँहि पक्का हो, छोटो लगाउने मन भएका तर, हिम्मत नभएकाहरुलाई मैले बाटो बनाइदिएको छु ।
५. ज्योतीको गीत आउँदा टीभी नै बन्द गर्नुपर्ने स्थिती छ, के तपाई परिवारसँग बसेर हेर्न मिल्ने गीत बनाउन सक्नुहुन्न ?
यो त झन् म मान्दै मान्दिन । आजसम्म टीभी नै बन्द गर्नुपर्ने गीत न मैले गाएकी छु न त मोडलिङ नै गरेको छु । तपाईहरुलाई साह्रै गार्हो भयो भने नहेर्नुस् । हेर्नैपर्छ भन्ने छैन । तर, मैले तिम्रो गीत आउँदा टीभी बन्द गरे भन्ने मान्छे आजसम्म भेटेको छैन ।
मेरो जवानी हेर्दा गाह्रो भए टीभी बन्द गर्नुहोस्ः ज्योती मगर
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer
Disclaimer:Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Samacharkhabar.com- No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Powered by Blogger.
