आर्थिक विवादमा परको चलचित्र निर्माता संघको नयाँ अध्यक्ष बन्ने तयारीमा छन् निर्माता तथा निर्देशक आकाश अधिकारी । फुटेर कहिल्यै उपलब्धी हात नपर्ने मान्यता राख्ने आकाश आगामी दिनमा सबै निर्मातालाई एकै छानामुनी ल्याउने दाबी गर्छन् । उनै निर्माता/निर्देशक अधिकारीलाई अनलाइनखबरले लगाएको पाँच आरोपः
१. एकथरि निर्माताले संघ नै छाडेर अर्को संघ खोलेको बेला तपाई निर्माता संघको अध्यक्ष हुन लाग्नु भयो । भूतले खाजा खाने बेलामा अध्यक्ष बन्न लाग्नु भो भन्छन् नि ?
जाे साथीहरुले नयाँ संघ खोल्नु भएको छ । उहाँहरुले चलचित्र उद्योगको हितकै लागि नयाँ संघ खोल्नु भएको हो । म पनि अध्यक्षको उम्मेदवार बन्न लागेको छु । मेरो पनि उद्देश्य उद्योग सुधार्ने नै हो । त्यसकारण त्यति अप्ठयारो हुन्छ जस्तो लाग्दैन । अर्को कुरा बिगतमा पनि निर्माता संघ दुइ वटा भएको थियो, मेरै प्रयासमा एक भएको हो । म अध्यक्ष भएँ भने एउटै छातामुनी बसेर काम गर्ने वातावरण मिलाउँछु । फुटेर कहिल्यै उपलब्धि हात पर्दैन ।
२. राजनितीमा आकषिर्त भएपछि चलचित्र निर्माणमा सुस्त हुनु भयो भन्छन् नि ?
पहिलो कुरा त म कुनै पद पाउँला भनेर राजनितीमा लागेको हैन । मात्रै नेपाली चलचित्र उद्योगको हित गरौं भनेर हो । मेरो गति रोकिएको छैन । मलाई एउटा चलचित्र पुरा गर्न २ वर्ष लाग्छ । आउँदो वर्ष दुइवटा चलचित्र गर्दैछु ।
३. नयाँ पुस्ताका निर्देशक तपाई भन्दा अघि भए भन्छन् नि ?
नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय बजारमा लैजानु पर्छ भनेर वकालत गर्ने मैं हुँ । मेरा पनि केहि चलचित्र गएका छन् । युवा पुस्ताका धेरै चलचित्रले अन्तरराष्ट्रिय चर्चा पाए आफैंमा राम्रो हो । मेरो सबै चलचित्र विश्वबजारमा चल्नुपर्छ भन्ने होइन । नेपाली चलचित्र जानु आफैमा राम्रो हो ।
४. तपाईको चालढाल, बोलीचाली तन्नेरी पुस्ताको भन्दा कम छैन । तर, चलचित्र परम्परागत बनाउनुहुन्छ भन्ने आरोप छ नि ?
कुनै पनि चलचित्र बनाउनु भन्दा पहिला म आफ्नै मनलाई सोध्छु, यो चलचित्र ठिक छ कि छैन । मलाई ठिक लाग्यो भने बनाउँछु । त्यसरि बनाउदा कतिपय चलचित्र चल्छ त कतिपय नचल्न पनि सक्छ । चलचित्र चलेन भन्दैमा म असाध्यै परम्परागत भन्ने होइन ।
५.कोहिनुर सर्वाधिक चल्यो । उक्त चलचित्र चल्नुमा तपाइको सिर्जना भन्दा श्रीकृष्ण श्रेष्ठप्रतिको सम्मान धेरै थियो भन्छन् ? तर, तपाई भने चलचित्र मेरै कारण चल्यो भन्नुहुन्छ ?
‘कोहिनुर’ चल्नुमा श्रीकृष्णजीको प्रभाव पनि हो म मान्छु । तर, चलचित्र गतिलो थिएन भने दर्शकहरु दोहोर्याई तेहेर्याई आउने थिएनन् । कतिपय कहिल्यै नेपाली चलचित्र नहेर्ने दर्शक पनि आए । मोफसलमा बन्द भएका कतिपय हल ‘कोहिनुर’ले खुलायो ।
५ आरोपः ‘कोहिनुर’ राम्रो भएरै दर्शकले हेरेका हुन्ः आकाश अधिकारी
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer
Disclaimer:Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Samacharkhabar.com- No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Powered by Blogger.