जोरपाटी-सुन्दरीजल सडकखण्ड विस्तारमा बाधा पुर्याउने खोज्ने पूर्वसिडिओ गीताप्रसाद खनालसहित ४० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान पक्राउ परेका उनीहरुलाई गौशाला प्रहरी कार्यालयमा राखिएको छ ।आइतबार बिहान सडक विस्तारको विरोध गर्दै सडकमा प्रदर्शन गर्न थालेपछि पूर्वसिडियोसहित स्थानीयबासी पक्राउ परेका हुन् ।
पक्राऊ पर्ने पूर्वसहसचिव गीताप्रसाद खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वकर्मचारी समेत हुन् । खनाल डडेलधुरा, स्याङ्जा, गुल्मी र बजाङमा सिडिओ बनिसकेका व्यक्ति हुन् ।
जोरपाटीदेखि सुन्दरीजलसम्म सडक विस्तार गर्दा ८ सय ७१ वटा घरको केही भाग भत्कने भएपछि पूर्वसिडियोको नेतृत्वमा स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । आइतबार बिहानै जोरपाटीमा पूर्वसिडिओ खनालको नेतृत्वमा सडक विस्तार प्रक्रियाविरुद्ध उनीहरुले प्रदर्शन गरेका थिए ।
आफूहरुले चलनचल्तीको मूल्य बराबर घरको क्षतिपूर्ती र जग्गाको मुआब्जा नपाएसम्म सडक विस्तार हुन नदिने भन्दै करिब २ सय जना स्थानीयबासीहरु प्रदर्शनमा उत्रिएका थिए ।
उक्त क्षेत्रमा प्रतिआना १५ देखि ४० लाख रुपैयाँमा बिक्री जग्गाको कारोबार भइरहेको छ ।
पक्राउ परेका पूर्वसिडियो गीताप्रसादले अनलाइनखबरसँग भने- ‘तलन चल्तीको भाऊमा मुआब्जा नपाएसम्म हामी घर भत्काउन दिँदैनौं ।’
उनले त्यहाँ बाटो विस्तार नगर्नू भने सर्वोच्च अदालतले समेत आदेश दिइसकेको बताए । आफूहरुले शान्तिपूर्ण रुपमा माग राख्दा प्रहरीले थुनेको उनले गुनासो पोखे ।
जोरपाटी-सुन्दरीजल सडक निर्माणमा अवरोध गर्ने पूर्व सिडिओसहित ४० जना प्रहरी नियन्त्रणमा
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer
Disclaimer:Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Samacharkhabar.com- No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Powered by Blogger.