सरकारका एक प्रभावशाली मन्त्री अर्जुननरसिंह केसीले क्रिश्चियनहरुको पर्व क्रिसमसलाई राष्ट्रिय चाड मानेर विदा दिए जस्तै पुस २७ गतेलाई पनि राष्ट्रिय एकता दिवसका रुपमा सार्वजनिक विदा घोषणा गर्नुपर्ने बताएका छन् ।
कांग्रेस नेता तथा शहरी विकास मन्त्री केसीले चितवनमा पत्रकारसँग कुरा गर्दै भने- आज सरकारले क्रिसमसको सार्वजनिक विदा दिएझै पुष २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा पनि सार्वजनिक विदा दिइनुपर्छ ।
नेपाल एकीकरणका नायक बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते राष्ट्रिय एकता दिवसका रुपमा विदा दिलाउन पहल गर्ने उनले बताए । विदाको निर्णय गर्ने काम सरकारको भएको भन्दै उनले आफ्नो यसमा निरन्तर जोड रहेको बताए ।
नेपाल प्रेस युनियन चितवन शाखाले भरतपुरमा निर्माण गर्दै गरेको भवनको निरीक्षण पछि पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान कार्यान्वयनका लागि सबै दल एकै ठाउँमा उभिनुको विकल्प नरहेको बताए । ठूला तीन दल र मधेसी मोर्चा एकै ठाउँमा बसेर अहिलेको समस्याको निकास निकाल्नुपर्ने बताए ।
अर्को एक प्रसंगमा मन्त्री केसीले पूर्वराजा ज्ञानेन्द्र पनि यो देशको नागरीक भएकाले बोल्न, हिँड्न डुल्न पाउने अधिकार रहेकाले सानातीना कुरामा ठूला-ठूला टिप्पणी जरुरत नरहेको बताए ।
उनकै दलका नेतासमेत रहेका गृहमन्त्री बिमलेन्द्र निधीले मन्त्रिपरिषदमै दरवार हत्याकाण्डको प्रतिवेदन खोलेर ज्ञानेन्द्रलाई कारवाहीको दायरमा ल्याउन प्रस्ताव गरेलगत्तै केसीको यो भनाई आएको हो ।
मन्त्री केसीले भने- पुस २७ लाई राष्ट्रिय एकता दिवस मानेर विदा दिनुपर्छ
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer
Disclaimer:Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Samacharkhabar.com- No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Powered by Blogger.
